वैद्य पक्ष पुन जग्गा कब्जा गर्दै - कैलालीमा थप ४० बिघा कब्जा


YYY
एकीकृत नेकपा माओवादीको वैद्य पक्षले पार्टीनिर्णय अवज्ञा गर्दै सोमबार पनि कैलाली श्रीपुर गाविस-५ हरैयामा रणबहादुर शाहको ४० बिघा जग्गा कब्जा गरेको छ । वैद्य पक्षका माओवादी जिल्ला इन्चार्ज हरि ज्ञवालीको नेतृत्वको समूहले जग्गा कब्जा गरेको हो ।



ज्ञवालीले २०५८ सालमा कब्जा गरिएको उक्त जग्गा फेरि कब्जा गरेको र त्यहाँ बसेका भूमिहीनलाई जग्गा नछोड्न भनेको बताएका छन् । उनले पार्टीले भूमिहीनविरुद्ध निर्णय गरेकाले आफूहरुले विरोध गरेको बताए । कब्जा गरिएको जग्गामा बस्दै आएका हरिलाल बादीको नेतृत्वमा कब्जा जमिन फिर्ताविरुद्ध संघर्ष समिति गठन गरिएको छ । बैद्य समूहले आइतबार चुहा गाविस-५ मा विश्वनाथ उप्रेतीको २० बिघा जग्गा कब्जा गरेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]