इजरायली प्रधानमन्त्री पत्नी साराबाट क्षतिपूर्ति पाइन ताराले


YYY


१८ कार्तिक, काठमाण्डौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी साराले आफ्नो बुवाको रेखदेखकर्ता (केयरगिभर) तारा मल्ललाई क्षतिपूर्ति दिएकी छन् । साराबाट क्षतिपूर्ति पाएपछि तारा उनीविरुद्ध हालेको मुद्दा फिर्ता लिएर नेपाल फर्केकी छन् ।

प्रधानमन्त्री नेतान्याहुकी पत्नीले श्रम शोषण गरेको तथा मानसिक यातना दिएको भन्दै पुतलीबजार-३, स्याङजाकी ताराले इजरायलको राजधानी जेरुसेलमस्थित कवलाबेद ९कामदारको पक्षमा लड्ने निकाय० मा उजुरी हालेकी थिइन् । साराले क्षतिपूर्तिबापत २० हजार इजरायली रकम दिएपछि उनले मुद्दा फिर्ता लिएकी हुन् ।

ताराले प्रधानमन्त्रीकै घरमा रहेर साराका बुवाको रेखदेख गर्दै आएकी थिइन् । त्यहाँ श्रम शोषण भएको घटना सार्वजनिक गरेपछि तारालाई स्थानीय अधिकारकर्मीले साथ दिएका थिए ।

प्रधानमन्त्री पत्नी साराले धकेल्दा ताराको औंला भाँच्चिएको थियो । दुई वर्ष चार महिनादेखि इजरायली प्रधानमन्त्रीको निवासमा काम गर्दै आएकी ताराले मासिक ३२ सय इजरायली मुद्रा अर्थात् करिब ८ सय डलर पारिश्रमिक पाउँथिन ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]