ब्यापार मेलामा साढे ५ करोड बराबरको कारोबार


YYY
२९ कात्तिक, हेटौंडा । मकवानपुरमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको आज छैंठौ दिन सम्ममा ५ करोड ५० लाख बराबरको कारोबार भएको छ । मेलामा ५१ हजार टिकट बिक्री भएको छ भने करिब एक लाख दर्शकले अवलोकन गरेका छन् ।

मेलामा सामुदायिक बिद्यालयका बिद्याथीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । निजि तथा सामुदायिक गरी १५ वटा स्कुलका बिद्यार्थीहरुले अवलोकन गरेको सुरक्षा समितिका संयोजक कृष्ण कटुवालले बताउँनुभयो ।

मेलामा राक्सीराङ, काकँडाका सहकारीवाट उत्पादित महका तिनवटा स्टलवाट ५०० किलो मह बिक्री भइसकेको छ । राक्सिराङको निलेजम स्थानिय मह प्रसोधन केन्द्रले तिन सय किलो मह बिक्री गरीसकेको केन्द्रका मान सिं घलानले बताउनुभयो । मेलामा सिन्धुलीको जुनार २२ सय किलो बिक्री भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]