कोरियामा "धादिङ समाज कोरिया" को गठन


YYY
कोरिया - धादिङ जिल्लाबाट कोरिया आइ विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका व्यक्तिहरुको गत अक्टोबर महिनामा बसेको एक भेलाले श्री सुदर्शन खतिवडाको अध्यक्षतामा ११ सदस्यीय “धादिङ समाज कोरिया” को गठन गरेको छ ।
कोरियामा रहेका सम्पूर्ण धादिङ्गेहरुलाई एकवद्द गराईआपसी सहयोग तथा सद्भाव अभिबृद्दि गर्दै कोरिया बसाइलाई उपलब्धिमूलक बनाउने संस्थाको मूल उद्देश्य रहेको बताईएको छ।


यसका अतिरिक्त, आगामि दिनहरुमा कोरियामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँग भाईचारा सम्बन्ध राखी सामाजिक कार्यहरुमा सहभागि हुदै जाने संस्थाको दिर्घकालीन लक्ष्य रहेको अध्यक्ष खतिवडाले बताएका छन् । संस्थाको कार्यसमिति यसप्रकार रहेको छ।

अध्यक्ष: सुदर्शन खतिवडा

उपाध्यक्ष: केशवकुमार श्रेष्ठ

सचिव: सुवास आचार्य

सह-सचिव: प्रविण शाक्य

कोषाध्यक्ष: कमल तामाङ्

सदस्य: बसन्त सिम्खडा

सदस्य: सरोज अधिकारी

सदस्य: नवराज बोहोरा

सदस्य: ईश्वर रुपाखेती

सदस्य: राजेन्द्र थपलिया

सदस्य: रामकृष्ण अधिकारी



भेलाले निम्न लिखिल ४ सदस्यिय सल्लाहाकर समिति पनि गठन गरेको छ।

प्रकाश धमला
नारायण दुवाडी
रेगन तामाङ
राजेशकुमार श्रेष्ठ


साथै संस्थाले कोरियन नयां बर्ष सल्नालको अवसर पारेर आगामि जनावरी २३, २०१२ मा संस्थाको भावि कार्यक्रम तथा कार्ययोजनाको बारेमा छलफल गर्नको लागि एक बृहत भेला आयोजना गर्ने भएकोले कोरियामा रहेका सम्पूर्ण धादिङ्गेहरुलाई दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।भेला सम्बन्धि थप जानकारीको लागि तलका व्यक्तिहरुलाई सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]