वैद्य र थापा शान्ति र संविधान विरोधी हुन : माओवादी प्रवक्ता


YYY
माओवादी प्रवक्ता एवं शिक्षामन्त्री दीनानाथ शर्माले उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा शान्ति र संविधान विरोधी भएको आरोप लगाएका छन् ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैद्य–थापाको विरोधले शान्ति र संविधान नरोकिने दाबी गरे । ‘उहाँहरु सुरुदेखि नै शान्ति र संविधानको विपक्षमा उभिँदै आउनुभएको छ,’ उनले भने, ‘तर यो विरोधले शान्ति र संविधानको प्रक्रिया विथोल्न सक्दैन ।’

नेता शर्माले समायोजन प्रक्रियामा सहभागी नहुन नेताद्वयले लडाकुलाई अपील गरेकोमा पनि आपत्ति जनाए । ‘यस्तो बक्तव्यवाजी पार्टी नीति, अनुशासन र मूल्य मान्यतासंगत छैन,’ लडाकु वैद्य–थापाको पक्षमा नरहेको दाबी गर्दै उनले भने, ‘सेना आफ्नो चेन–अफ कमाण्डमा चल्छ, यदि कोही व्यक्तिको पछाडि लाग्छ भने त्यो जनमुक्ति सेना पनि हुँदैन, नेपाली सेना पनि हुँदैन ।’

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]