भट्टराईले पनि प्रचण्डकै नियति भोग्नु पर्ने केसीको चेतावनी


YYY
२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन सिफारिस गर्ने निर्णय फिर्ता नलिए प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि तत्कालिन प्रधानमन्त्री प्रचण्डकै नियति भोग्नु पर्ने चेतावनी दिनु भएको छ ।

आममाफीको सिफारिस फिर्ता नलिए भट्टराईले तत्कालिन प्रधासेनापति रुकमाङगत कटवाललाई कार्यकल बाँकी रहँदै हटाउँदा प्रचण्डले सत्ता छाड्नु परेको जस्तो नियति भोग्नु पर्ने उहाँको भनाई छ । पोखरामा आइतबार आयोजित पत्रकार भेटघाटमा कांग्रेस नेता केसीले भन्नुभयो-’कटवाल प्रकरणले प्रचण्डले जुन नियति भोग्नुपरेको थियो ढुङ्गेलको मुद्दाको माफीले प्रधानमत्री डा बाबुराम भट्टराईले पनि त्यस्तै अवस्था लिनु नपरोस् । हामी त्यो हदसम्म जान तयार पनि छौं ।’ आफूले बर्खास्त गरेका कटवाललाई राष्ट्रपतिले थमौति दिएपछि तत्कालिन प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु भएको थियो ।

उहाँले ढुंगेलको मुद्धा राजीनिक नभई व्यक्तिगत भएको भन्दै आममाफी कुनै हालतमा स्वीकार्य नहुने बताउनु भयो । नेता केसीले दलहरुबीच भएको सातबुँदे सहमतिको मसी सुक्न नपाउँदै सरकार पक्षबाटै सहमति उल्लङ्घन हुन थालेको आरोप समेत लगाउनु भयो ।

माओवादीका लडाकूको समायोजन र हतियारको व्यवस्थापन नभएसम्म कांग्रेस माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने भन्दै उहाँले सहमतीय सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राख्नुयो । संविधानसभाको निर्वाचनपछि माओवादी र एमालेले दुई/दुई पटक सरकारको नेतृत्व गरिसकेकाले पनि अब कांग्रेसको पालो आएको उहाँको जिकिर थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]