नेपाल-चीन व्यापार मेला राजधनीमा शुरु


YYY
१६ कात्तिक, काठमाण्डौ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजनामा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा नेपाल-चीन व्यापार मेला शुरु भएको छ । आजदेखि शुरु मेला आउदो २० गतेसम्म चल्नेछ । मेलामा नेपालको तर्फबाट ४० र चीनको तर्फबाट ४० गरी कुल ८० स्टल राखिएका छन् ।

प्रत्येक दुई/दुई वर्षमा आलोपालो गरी आयोजना गरिने उक्त व्यापार मेलामा नेपालको तर्फबाट काष्ठकला, मेटलक्राफ्ट, हस्तकला, गलैचा, जडीबुटी, महिला उद्यमीका उत्पादन, विभिन्न प्रकारका तयारी पोशाक, थान्का, हाते कागज आदि राखिएको छ । त्यसैगरी चीनको तर्फबाट गलाैचा, तिव्बती धुप, बेरिङ, विभिन्न औषधि, वन पैदावर, पानी, कृषि वन पैदावर र घरेलु उत्पादन आदि राखिएको छ ।

नेपाल चीन तिब्बत, व्यापार समझ्दारी अनुसार प्रत्येक दुई/दुई वर्षमा आलोपालो गरी सञ्चालन गरिने व्यापार मेला गत साल चीनको स्वशासित क्षेत्र तिव्बतको स्वशासित क्षेत्र सिगात्सेमा सन् २००९ मा भएको थियो । चीन व्यापार मेलामा सहभागीसँग आयोजकले कुनै प्रकारको शुल्क लिन नपाउने नियम नेपाल चीन व्यापार समझ्दारी पत्रमा उल्लेख भएअनुसार प्रदर्शनीमा आउने जोकोही व्यक्तिले निःशुल्क प्रवेश पाउने व्यवस्था भएको आयोजक संस्थाका प्रतिनिधि तेजसिंह विष्टले जानकारी दिनुभयो । पाँच दिनसम्म आयोजना हुने सो व्यापार मेलामा दुई लाख मानिसको आवातजावात हुने र करिव पाँच करोडको व्यापार हुने अनुमान आयोजको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]