वेष्टइण्डिजविरुद्धको पहिलो टेष्ट भारतको नियन्त्रणमा


YYY
२९ कात्तिक, काठमाडौं । भारतले वेष्टइण्डिजविरुद्धको दोश्रो टेष्ट पूर्णतया आफ्नो नियन्त्रणमा लिएको छ । घरेली टोलीका लागि तीन व्याट्सम्यानले शतक प्रहार गरेपछि भारतले टेष्ट आफ्नो नियन्त्रणमा राखेको छ ।

मंगलबार ५ विकेटको क्षतिमा ३ सय ४६ रनबाट दोस्रो दिनको खेल थालेको भारतले सात विकेटको क्षतिमा ६ सय ३१ रनमा पहिलो पारी समाप्तीको घोषणा गरेको छ । सातौं विकेटका लागि २ सय २४ रनका कप्तान महेन्द्र सिंह धोनी र भीभीएस लक्ष्मणले शतक प्रहार गरे ।

धोनी १ सय ४४ रनमा आउट भए भने लक्ष्मण १ सय ७६ रनमा अविजित रहे । यसअघि पहिलो दिनको खेलमा राहुल द्रविणले १ सय १९ रन बनाएका थिए ।

जवाफमा व्याटिङ थालेको वेष्टइण्डिज भने खबरा सुरुवात गरेको छ । खराव किरणका करण दोस्रो दिनको खेल रोकिँदासम्म वेष्टइण्डिजले २ विकेटको क्षतिकम ३४ रन मात्र जोडेको छ । वेष्टइण्डिज ५ सय ९७ रनले पछि छ ।

पहिलो टेष्ट जित्दै भारतले तीन म्याचको श्रृखलामा १-० को अग्रता लिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]