प्रधानमन्त्री डा.भट्टराई र माल्दिभ्सकl राष्ट्रपतिबीच भेट


YYY
२४ कार्तिक, माले । प्रधानमन्त्री डा.बाबुराम भट्टराई र माल्दिभ्सका राष्ट्रपति मोहम्मद नशिदबीच आज बिहान भेटवार्ता भएको छ । सार्क शिखर सम्मेलनका लागि माल्दिभ्स पुग्नुभएका प्रधानमन्त्री डा.भट्टराई र माल्दिभ्सका राष्ट्रपति नशिदबीच भएको भेटमा सार्क स्तरिय बैठकलाई नेताहरुको भेटको थलो भन्दा पनि सर्वपक्षीय हितमा काम गर्ने ठाउँको रुपमा विकास गर्ने सहमति भएको छ ।

त्यस्तै दुबै देशमा दुतावास नभएकोले कुटनीतिक पहलमा समस्या भएको भन्दै दुबै देशमा दूतावास राख्न पहल गर्ने सहमति भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामरिझन यादबले बताउनुभएको छ ।

दुई राष्ट्रप्रमुख बीचको भेटमा नेपाल र माल्दिभ्सबीच सिधा हवाई उडानका लागि उच्चस्तरिय छलफल गरी तत्काल कार्यान्वयन गर्ने पनि सहमति भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]