संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी विकाश अन्तरर्राष्ट्रिय समितिको नेतृत्व गर्न सहमत


YYY
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले लुम्बिनी विकाश अन्तरर्राष्ट्रिय समितिको नेतृत्व गर्नुहुने भएको छ । आज अमेरिकाको न्युयोर्क स्थीत संयुक्त राष्ट्रसंघ मुख्यालयमा बृहद लुम्बिनी विकाश राष्ट्रिय निर्देशक समितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटमा महासचिव बान लुम्बिनी विकाश अन्तरर्राष्ट्रिय समितिको नेतृत्व गर्न सहमत हुनुभएको हो ।



लुम्बिनीको विकाशका लागि छलफल गर्ने उदेश्यले भएको भेटमा प्रचण्डले महासचिव बानलाई समितिको नेतृत्व गर्न प्रस्ताव गर्नुभएको थियो । प्रचण्डको प्रस्ताव स्वीकार्नुभएका महासचिव बानले चारमहिनापछि मार्च महिनामा विशेष कार्यक्रमपछि लुम्बिनी विकाश अन्तरर्राष्ट्रिय समितिको नेतृत्व गर्नुहुने राष्ट्रिय निर्देशक समितिका संयोजक प्रचण्डले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालयमा भएको पत्रकार सम्मेलनमा संयोजक प्रचण्डले मार्चमा हुने बैठकमा विश्वभरीबाटै राजनीतिक नेताहरुसमेत बोलाइने र त्यो बैठक लुम्बीनीको विकाश प्रकृयामा ब्रेक थु्र सावित हुने समेत बताउनुभयो । त्यसपछिको फ्लोअप बैठकभने महासचिव बानको नेतृत्वमा नेपालले नै न्युयोर्कमा गर्ने पनि प्रचण्डले जानकारी दिनुभयो । महासचिव बानसंगको भेटमा समितिका सदस्य मिनेन्द्र रिजाल, राजदूत ज्ञानचन्द्र आचार्य, समितिको नीजि विभागका सदस्य मनोजबहादुर श्रेष्ठ, अन्तर्राष्ट्रिय सल्लाहकार नोरिटाडा मोरिता लगायत सहभागी हुनुहुन्थ्यो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]