माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले थप ३ बुँदे असहमति पेश गरे


YYY



२८ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले केन्द्रीय समितिमा ३ बुँदे असहमति पेश गर्नु भएको छ । यसअघि नै १० बुँदे असहमति पत्र गरेका बैद्यले सोमबार बसेको केन्द्रीय समितिमा थप तीन बुँदे असहमति पत्र दर्ता गराउनु भएको हो । यससँगै केन्द्रीय समितिमा उहाँको असहमति पत्र १३ बुँदे भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष बैद्यले अध्यक्ष प्रचण्डो अमेरिका भ्रमण, सभासद बालकृष्ण ढुंगेलको आममाफी दिन सरारले गरेको सिफारिस र राज्य पुनःसंरचनाका लागि विज्ञहरुको समिति गठन गर्ने सहमतिमा फरक मत राख्नु भएको छ ।

वरिष्ठ उपाध्यक्ष बैद्यले पार्टीमा छलफल नै नगरि अध्यक्ष प्रचण्ड लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिमा बसेको तथा अमेरिका गएकोमा आपत्ति जनाउनु भएको छ । समितिमा बसेर अध्यक्ष प्रचण्ड संस्कृती मन्त्रालयको कर्मचारी जस्तै भएको भन्दै बैद्यले समितिको उद्देश्य र अमेरिका भ्रमणबारे प्रष्ट पार्न माग गर्नु भएको छ । ‘अन्तराष्ट्रिय स्तरको व्यक्ति एक मन्त्रालयको कर्मचारी जस्तो भएर समितिमा बस्न मिल्छ ?’ बैद्यको भनाई उद्धृत गर्दै श्रोतले भन्यो-’समितिको काम के हो प्रष्ट पार्नुपर्छ ।’

उहाँले पार्टी र मुलुकको प्राथमिकताहरुलाई छाडेर अमेरिका भ्रमणमा गरेको भन्दै प्रचण्डको आलोचना समेत गर्नु भएको छ । ‘देश जलिरहेको छ । अहिलको प्राथमिकता एकतिर छाडेरे अध्यक्ष लुम्बिनीको विकासका लागि भन्दै विश्व शान्ति शहर बनाउने भन्दै अमेरिका सयरमा हिड्नु भएको छ’ बैद्यको भनाई उदृत गर्दै एक केन्द्रीय सकदस्यले भने-’यसको मकसत के हो भन्ने प्रष्ट पार्न माग गर्नु भएको छ ।’ बैद्यले पार्टी सभासद ढुंगेललाई आममाफी दिन गरेको सिफारिसको विरोध हुनुमा पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री स्वयं जिम्मेबार भएको बताउनु भएको छ । प्रचण्ड र भट्टराईको आत्मासमपर्णवादी कार्यशैलीकै कारण अहिलेको अवस्था आएको भन्दै बैद्यले एक-एक मुद्धा नभई द्वन्द्वकालमा माओवादी नेताहरुविरुद्ध लागेका सबै मुद्धा फिर्ता लिनु पर्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरि राज्य पुनः संचरना आयोगको सट्टा विज्ञहरुको समिति गठन गर्ने सहमति गरेको भन्दै बैद्यले सहमति मान्य नभएको बताउनु भयो । ‘राज्य पुनः संरचनाका लागि विज्ञहरुको समूह गठन गर्नेबारे पार्टीमा कुनै छलफल भएको छैन’ एक नेताले भने-’अध्यक्ष प्रचण्डले उपसमितिमा पार्टी निर्णय नगरि गरेको सहमति हामीलाई मान्य छैन भनेर बैद्यले प्रष्ट पार्नु भएको छ ।’ बैद्यले विज्ञहरुको समिति गठन गर्दा संविधानसभाको औचित्यमा प्रश्न उठाउने र राज्यको पुनः संचरनालाई समेत निकम्मा बनाउने भन्दै निर्णय सच्याउन माग गर्नु भएको छ ।

वरिष्ठ उपाध्यक्ष बैद्यले आफूले पेश गरेको १३ बुँदे असहमतिबारे अध्यक्ष प्रचण्डको जवाफ माग्नु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अमेरिका तथा पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माल्दिभ्स भ्रमण र सार्क सम्मेलनबारे जानकारी गराउनु भएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]