माओवादी विरोधले संविधान संशोधन रोकियो


YYY
माओवादी विरोधले संविधान संशोधन भएन
काठमाडौं, कात्तिक २५/एकीकृत माओवादीका विरोधका कारण संविधान संशोधन प्रक्रिया रोकिएको छ । शुक्रबार अन्तरिम संविधान ११ औं संशोधन गर्ने तयारी गरिएको थियो ।

माओवादीका मुख्य सचेतक देव गुरुङले संशोधनप्रति असहमति जनाएपछि संशोधन प्रक्रिया रोकिएको हो । नियमावली निलम्बन गरी एकै दिनमा संशोधन गर्नेबारे छलफलमा गुरुङले असहमति जनाएका थिए ।

उनले अध्यक्ष र प्रधानमन्त्री बाहिर रहेकाले नियमति प्रक्रियाबाट संविधान संशोधन गर्नुपर्ने भन्दै असहमति जनाएका थिए । अब नियमित प्रक्रियाबाट २९ गते संविधान संशोधन हुने छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]