प्रधानमन्त्री डा.भट्टराई आज स्वदेश फिर्ता


YYY
१७औँ दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री डा बाबुराम भट्टराई आज स्वदेश फर्कदै हुनुहुन्छ ।

माल्दिभ्सको अड्डु एटोलमा बिहीबार र हिजो गरि दुई दिन चलेको सार्क बैठकमा भाग लिन डा.भट्टराईसंग भ्रमण टोलीका सबै सदस्य आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री डा.भट्टराई गत २२ गते मंगलबार ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै माल्दिभ्सको अड्डु प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री डा.भट्टराईको टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव दुर्गाप्रसाद भट्टराई र शिष्टाचार महापाल मुक्तिनाथ भट्टलगायत सहभागी हुनुहुन्छ ।

‘बिल्डिङ बिजेज’ भन्ने नाराका आयोजित दुई दिने सार्क सम्मेलन २० बुँदे अड्डु घोषणापत्र जारी गर्दै हिजो सकिएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]