पाँच अपाङ्गको सहयोगार्थ इजरायलमा ११ लाख सङ्कलन I


YYY



कात्तिक ३०,फलेवास (पर्वत)। दक्षिण पर्वतको रानीपानी गाविस–६ पस्यारमा एउटै परिवारमा जन्मिएका पाँच अपाङ्ग बालिकालाई सहयोग गर्न इजरायल पुगेका नेपालीहरूले आर्थिक सङ्कलन गरेका छन् ।

रोजगारीका निम्ति इजरायल पुगेका नेपालीहरूको संस्था नेप्लिज इन इजरायल ग्रुपले विगत दुई महिनादेखि रकम सङ्कलन अभियान थालेको हो । पाँच अपाङ्ग भएको परिवारलाई जीवनयापनमा सहज होस् भत्रे उद्देश्यले अभियानस्वप उक्त रकम सङ्कलन गरिएको हो । दुई महिनासम्म गरिएको सहयोग सङ्कलन अभियानबाट ११ लाख ११० रुपैयाँ सङ्कलन भएको छ ।

यसमध्ये नारी आवाजबाट एक लाख सङ्कलन हुन बाँकी रहेको कुमार पौड्यालले जानकारी दिएका छन् । गोपाल सिटौला, सूर्य बस्याल र कुमार पौडेलको विशेष नेतृत्वमा सङ्कलित रकम इजरायलको तेल–अभिभको लेवेन्सकी पार्कमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।

सङ्कलित रकम पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा रहेको एक बैंकमा अपाङ्ग बालबालिकाका बाबु बलबहादुर परियारको नाममा रहेको खातामा पठाइएको छ ।

बलबहादुरका ८ वर्षीय छोरी अनिता, १० वर्षीया जुम्ल्याहा गङ्गा र जमुना, १७ वर्षीया मिठु र १८ वर्षीया मञ्जु परियार आजीवन ओछ्यानको सहारामा बाँच्न विवश छन् । उनीहरूमध्ये कसैको खुट्टा घुमेका छन् भने कसैका हात बाँगिएका छन् ।


जिल्ला विकास समितिले एक जनालाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ भने काठमाडैां कलङ्कीका वासु केसीले त विगत दुई वर्ष अघिदेखि मासिक १० हजार दिँदै आएका छन् ।

उनले मासिक रूपमा गरिमा विकास बैंक वालिङमा रकम पठाउँदै आएका छन् । त्यस्तै विगत दुई महिनाअघि काठमाडाँै महाँकाल गाविस–३ घर भई हाल वैदेशिक रोजगारको सिलसिलामा स्पेनमा बस्दै आएका रवि बुढाथोकीले ५० हजार नगद सहयोग उपलब्ध गराएका छन् । गत वर्ष नै कलङ्कीका अजयसिंह सुवालले रु. १५ हजार सहयोग गरेका थिए । रासस

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]