शान्ति र संविधान मेरै पालामा पुरा हुन्छ, मोहन बैद्य पक्षको विरोधले कुनै असर नपर्ने : प्रधानमन्त्री


YYY



प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूरा गर्न हिजो भएको सहमति ऐतिहासिक भएको बताउनुभएको छ। प्रमुख राजनीतिक दल एनेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले शान्ति प्रक्रिया र नयाँ संविधान लेखनका बाँकी काम पूरा गर्न हिजो सातबुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको थियो। प्रधान मन्त्री बाबुराम भट्टराईले १० अर्ब रुपैयाँ खर्च गरेर शान्ति प्रकृयाको काम सम्पन्न हुन्छ भने त्यो मुलुकका लागि महँगो नहुने बताएका छन्। ‘शान्ति प्रक्रियाका लागि यो भन्दा धेरै रकम पहिले नै खर्च भइसकेको छ,’ शान्ति र संविधानका लागि पत्रकार सरोकार समितिसँग कुरा गर्दै उनले भने। प्रधानमन्त्री डा. बाबुराम भट्टराई भट्टराईले आफ्नो पार्टीको मोहन बैद्य पक्षको विरोधले सातबुँदे सहमति कार्यान्वयनमा कुनै असर नपर्ने बताउनु भएको छ । बुधबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले बैद्य पक्षको विरोधको कुनै अर्थ नरहेको बताउनु भयो । शान्ति र संविधानमा फरक मत राख्नेहरुले विरोध गर्नु स्वभविक भएको भन्दै उहाँले सहमति कार्यान्वयन गर्न माओवादी प्रतिवद्ध रहेको बताउनु भयो ।
छठ पर्वको समापनका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा भट्टराईले आफ्नो कार्यकालमा शान्ति प्रक्रिया र संविधान निर्माणको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यी दुई कामको सफलता असफलतासँग आफ्नो भविष्य गाँसिएको हुँदा आफूले यी दुई ऐतिहासिक जिम्मेवारी पूरा गर्न पहिलो प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो।
प्रधानमन्त्री डा भट्टराईले आर्थिक विकासका लागि आफूले प्राथमिकताका साथ कार्यक्रमहरु ल्याएको र गरिबी र बेरोजगारी अन्त्य गर्न चाहेको बताउनुभयो।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले हिजो भएको साँतबुँदे सहमतिले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]