लडाकू पुनःबर्गिकरणको कार्यतालिका प्रभावित हुने संकेत गणपुरक सदस्य नहुँदा पुनःस्थापना प्याकेज पारित भएन


YYY
२२ कात्तिक, काठमाडौं । आगामी मंसिर ७ गतेभित्र माओवादी लडाकूहरुको पुनःवर्गिकरण गर्ने सेना समायोजन विशेष समितिको कार्यतालिका प्रभावित हुने संकेत देखिएको छ ।

विशेष समितिका पाँच जना सदस्य विदेश भ्रमणमा रहेका कारण गणपुरक संख्या पुग्न नसक्दा पुनः स्थापना प्याकेज पारित हुन सकेन । विशेष समितिको मंगलबार बसेको बैठकमा सचिवालयले विकल्पसहितको पुनःस्थापना प्याकेज प्रस्तुत गरेको थियो ।

पुनःस्थापना प्याकेजबारे निर्णय नगरिनै प्रधानमन्त्री डा. बाबुराम भट्टराई १७ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन मंगलबार माल्दिभ्स जानु भएको छ । उहाँ २६ गते स्वदेश र्फकनु हुनेछ । यस्तै अमेरिका भ्रमणमा रहेका विशेष समितिका सदस्यहरु पनि २८ गते मात्र स्वदेश र्फकने कार्यक्रम छ । विशेष समितिका सदस्यहरु स्वदेश फर्किएपछि पुनःस्थापना प्याकेज पारित गर्दा कार्यतालिका प्रभावित हुने देखिएको छ । सचिवालयका सदस्य दिपक भट्टले भने कार्यतालिका अनुसार नै काम हुने बताउनु भयो । ‘उहाँहरु निरन्तर सम्र्पमा रहनु भएको छ’ उहाँले भन्नुभयो-’उहाँहरुले कार्यतालिका प्रभावित हुन दिन्नौं भन्नु भएको छ ।’

विशेष समितिले बनाएको तालिकामा भने सचिवालयले समायोजन, पुनःस्थपना र स्वच्छिक अबकासको विकल्पसहित शिविरमा पुग्ने र ३० गतेबाट पुनःवर्गिकरण थाल्ने उल्लेख छ ।

पुनःस्थापना प्याजेक अनुमोदनका लागि यसअघि आइतबार र सोमबारका लागि डाकिएको बैठक समितिका बहुमत सदस्य स्वदेशबाहिर रहेकाले बस्न सकेको थिएन । । प्रधानमन्त्री डा. बाबुराम भट्टाराई नेतृत्वको ८ सदस्यीय समितिका सदस्य रहेका कांग्रेसका राशरण महत र मीनेन्द्र रिजाल, एमालेका ईश्वर पोखरेल, फोरम गणतान्त्रिकका जेपी गुप्ता र फोरम लोकतान्त्रिकका जितेन्द्र देव अमेरिका भ्रमणमा हुनुहुन्छ ।

सचिवालयले पेश गरेको प्याकेजमा शिक्षा, तालिम, व्यवसाय, वैदेशिक रोजगारीलगायत ६० विकल्प रहेको स्रोतले जनाएको छ । दलहरुबीच शान्तिप्रक्रिया अगाडि बढाउन गत १५ कात्तिकमा भएको सातबुँदे सहमतिमा सहमतिमा पुनःस्थापनामा जानेलाई शिक्षा, तालिम तथा व्यवसायिक अवसरहरुको प्याकेजको विकल्प दिने उल्लेख छ । यस्तो प्याकेज स्वरुप एवं समयसीमा हेरि ६ देखि ९ लाखको हुने सहमतिमा छ ।

स्वेच्छिक अवकासमा जानेले भने नगद ५ देखि ८ लाख पाउने छन् । सबैभन्दा माथिल्लो तहका लडाकूले ८ लाख पाउने छ भने त्यसपछिका तहमा रहेकाले क्रमशः ७ लाख, ६ लाख र ५ लाख रुपैयाँ पाउनेछ । उक्त रकम दुई आर्थिक वर्षमा किस्तावन्दीमा दिइने सहमतिमा छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]