सामन्तवादीको सपना चकनाचुर पार्नेछौं


YYY
-रामबहादुर थापा ‘बादल’, महासचिव एकीकृत नेकपा माओवादी



कमरेडहरु, नेपालको सामन्तवाद र साम्राज्यवाद बिरोधी आन्दोलनको क्रममा आजको दिन निश्चय पनि हाम्रो जीवनमा ऐतिहासिक क्षण हो । आज हामी यहाँ यो पत्रकार सम्मेलनमार्फत् हाम्रो पार्टीको अबधारणा, बिचारमात्र यहाँ प्रस्तुत गर्न आएका छैनौं, हामी एउटा नयाँ प्रतिबद्धता, एउटा नयाँ संकल्प, एउटा नयाँ ऐक्यबद्धता प्रस्तुत गर्न पनि यहाँ उपस्थीत भएका छौं ।


यो एउटा सामान्य पत्रकार सम्मेलनमात्रै हैन, इतिहासको यो मोडमा आज सामन्तबाद र तीनका दलालहरुबिरुद्ध लड्ने योद्धाहरुको ऐतिहासिक केन्द्रीकरण पनि हो ।-कार्यकर्ताको ताली र हुटिङ) । र, हामी यसका विरुद्ध अन्तिम क्षणसम्म लड्न र त्यसको प्रतिरोध गर्न हामी यहाँ लामबद्ध भएका छौं । निश्चयपनि कात्तिक १५ गतेको यो कालो रात नेपालको इतिहासमा ऐतिहासिक रात हो । यो कालो रातमा सामन्तहरु, साम्राज्यवादीहरु र तिनका दलालहरुको हर्षोल्लाषको रात भयो । अर्कोतिर नेपाली जनता, ती शहीदहरु, बेपत्ता परिवारहरुको लागि एउटा पीडा र आक्रोशको रात बन्यो । हामी त्यो आक्रोशभित्र ज्वालामुखी बोकेर, हामी त्यो पीडाभित्र क्रन्दन बोकेर, हुङ्कार बोकेर उपस्थित भएका छौं ।

निश्चय पनि कात्तिक १५ गतेको रात सामन्त, साम्राज्यवादी र तिनका दलालहरुले भोज खाए, हृवीस्कीका बोतल तोडे, स्याम्पेन उडाए । तर उनीहरुको यो आनन्द र शान्ति क्षणिक मात्र हो । यो धेरै दिन टिक्नेवाला छैन । हामी तिमीहरुको यो आनन्द र भोजभतेरमाथि धावा बोल्न पनि उपस्थीत भएका छौं । -फेरि कार्यकर्ताको हुटिङ र ताली) । कात्तिक १५ गतेको कालो रात जनमुक्ति सेनालाई निर्लज्जतापूर्वक, निर्दयितापूर्वक आत्मसमर्पण गराउने कालो रात बन्यो । यो जनमुक्ति सेना र मुक्तिकामी जनताको निम्ति पीडा र दुर्भाग्यको रात बन्यो । तर यो दुर्भाग्य र पीडाले एउटा तुफान बोकेर आएको छ । यो दुर्भाग्य एउटा उज्वल भविष्य बोकेर आएको छ । हामी उनीहरुको यो रात र दुस्वप्नलाई चकनाचुर पार्नेछौं, यो प्रतिबद्धता जाहेर गर्न हामी यहाँ आएका छौं ।

कमरेडहरु, पत्रकार बन्धुहरु, यो पत्रकार सम्मेलनमार्फत हामी एउटा नयाँ प्रतिबद्धता गर्छौ, सामन्त र साम्राज्यवादको अन्त्यको लागि योगदान गर्ने हजारौं शहीद, घाइते, अपांगलाई साक्षी राखेर हामी प्रण गछौं तपाईंको सपनालाई त्यसै खेर जान दिंदैनौं । साकार पार्नेछौं । नेपालको बामपन्थी आन्दोलनमा कात्तिक १५ गतेको रात दक्षिणपन्थी विसर्जनवादको एउटा पराकाष्टाका रुपमा प्रकट भयो । दक्षिणपन्थी विसर्जनवादले जनमुक्ति सेना जसले राजतन्त्रको अन्त्यको निम्ती निणर्ायक भूमिका निर्वाह गर्‍यो, जसले नेपाली जनताको शान्तिका निम्ति, एउटा नयाँ नेपालको निर्माणको निम्ति बलिदान गर्‍यो, आज त्यो जनमुक्ति सेनालाई हिजोको रातमा बिर्सजन गरियो । तर त्यो बिर्सजनको खरानीबाट नयाँ जनमुक्ति सेना लाखौंको संख्यामा निस्कने छन् । -कार्यकर्ताको ताली र हुटिङ) त्यसैले तिमीहरुले जो सपना देखिरहेका छौ, जो खुशीयाली मनाइरहेका छौ, सर्वत्र तिमीहरुले एकअर्कालाई बधाई दिइराखेका छौ, आनन्द मनाइरहेका छौ, ती जमिनदारहरु जसले किसानहरुको जमिन खोसेर फेरि त्यहाँ आफ्नो स्वर्ग निर्माण गर्ने, आफ्नो महल खडा गर्ने जो सपना देखेका छौ, त्यो कदापी पुरा हुने छैन, हामी कदापी पुरा हुन दिने छैनौ । -फेरि कार्यकर्ताको हुटिङ र ताली) साटासाट गरिरहेका छौ, तिमीहरुको सपना पूरा हुने छैन । हामी पूरा हुने दिनेछैन ।

निश्चय पनि चारबुँदे र बिप्पा हुँदै हिजो ७ बुँदेमा आएर नेपाली जनताको शान्तिको आकंक्षामा एउटा धोका भएको छ, एउटा बिश्वासघात भएको छ, अन्र्तघात भएको छ । र, जो सपना नेपाली जनताहरुले साँचेका थिए, साँचेका थिए, राजनीतिक दलहरुबाट, ठूला दलहरुबाट, ठूला नेताहरुले जनताको अपेक्षामाथि बिश्वासघात गरेका छन, जनताको सपनालाई चकनाचुर पारेका छन् । त्यसकारण हामी त्यो कित्तामा उभिएका छैनौं, निश्चयपनि आज सामन्तहरु, साम्राज्यबादीहरु र तीनका दलालहरु एकातिर उनीहरु उफि्रराखेका छन भने हामीहरु अर्कातिर चट्टानझैं उभिएका छौं । कुनैपनि तुफानले कुनैपनि चट्याङले हामीलाई ध्वस्त पार्ने छैन, जति प्रहार गरेपनि, उनीहरुले जति दबाएपनि हामी झन मजबुद भएर निस्कने छौं, हामी झन शक्तिशाली भएर निस्कने छौं, हामी प्रतिरोध गर्ने छौं । हामी त्यतिबेलासम्म आवाज उठाइरहने छौ जतिबेलासम्म सामन्तबाद र साम्राज्यबाद पूर्णरुपमा ध्वस्त हुनेछैन् ।

-१६ गते राजधानीमा वैद्य पक्षले गरेको पत्रकार सम्मेलनमा बादलले गरेको सम्बोधनको सम्पादित अंश)

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]