पूर्व राजा र पूर्वपञ्चहरु फेरि सल्बलाउन थाले I


YYY
उदाउनु र सुस्ताउनु राजनीति वृत्तमा भैरहने उतारचढावहरु हुन् । यस्तै क्रममा गणतन्त्रको लहरकाबीच सुस्ताएका पुर्बपन्चहरु फेरि जुर्मुराएका छन् । गणतन्त्रवादी दलहरुबीच बढिरहेको बिबादका बीच झिगे दाउ हेरिरहेका पुर्बपन्चले अब एकजुट हुने प्रक्रिया शुरु गरेका छन । पुर्ब राजा ज्ञानेन्द्रको निर्देशनमा राप्रपा, राष्ट्रिय जनशक्ति पार्टी र राप्रपा नेपालबीच एकिकरणको प्रयास भएको हो ।

७ बु“दे सहमति पछि बिकसित राजनीतिक घटनाक्रमको बिश्लेषण गर्न भन्दै बसेको यी तीन दलका शीर्षस्थ नेताको बैठकले अब छुट्टाछुट्टै अंघि बढेर कुनै फाइदा नभएको भन्दै पार्टी एकीकरण गर्नुपर्ने निश्कर्ष निकालेको हो । पार्टी एकिकरण गर्ने निर्णय गरेपनि केहि शैद्धान्तिक मान्यतामा भने यी दलबीच सहमति हुन सकेको छैन । एकिकृत पार्टीको निर्देशक शिद्धान्त के राख्ने भन्नेमा उनिहरुबीच बिबाद देखिएको छ । राप्रपा नेपालले संबैधानिक राजतन्त्रलाई नै नया“ पार्टीको निर्देशक शिद्धान्त बनाउनुपर्ने अडान राखेको छ । अन्य दुई दलले भने गणतन्त्रप्रति आम जनतामा बितृष्णा उत्पन्न नभइसकेकाले भित्रि उदेश्य जे भएपनि बाहिर भने राजतन्त्रको वकालत गर्न नहुने बताएका छन । पछि आफै राजनीतिमा उत्रने वातावरण बनाउने प्रयास स्वरुप पुर्ब राजा ज्ञानेन्द्रले आफु समर्थक दललाई एक बनाउन लागेको धेरैले अनुमान गरेका छन ।

गणतन्त्रवादी दलबीचको मनमुटाव यहि अबस्थामा बढिरहे छिट्टै जनतामा बितृष्णा उत्पन्न हुने बिष्लेषणका साथ ज्ञानेन्द्रंले सो अबस्थामा राजनीतिमा उत्रिएर नया“ ढंगले शक्ति हत्याउने दाउ गरेको बताइएको छ । एकिकरणका लागी कट्टर राजावादी राप्रपा नेपालले बढी अग्रसरता लिनुलाई पनि सोहि रुपमा हेरिएको छ । राप्रपा र जनशिक्तबीच पार्टी एकीकरण गर्ने सहमति यसअंघिनै भैसके पनि त्यसले मुर्त रुप पाउन सकेको छैन । यहि अबस्थामा राप्रपा नेपालले सबैलाई मिलाएर दह्रो राजवादी शक्ति निर्माणको प्रयास गरिरहेको छ । यसैक्रममा सुक्रवार र शनिवार दुइ दिनसम्म पुर्बपञ्चहरुबीच गोप्य छलफल भएको छ ।

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाको मालीगाउ“स्थित निवासमा भएको छलफलमा एकीकरणकालागि थप गृह कार्य गर्ने र ढाचाबारे निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको छ । छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रबारे जनमत संग्रह मार्पmत निर्णय गर्नुपर्ने गरी शैद्धान्तिक मान्यता नया“ पार्टीले लिनुपर्ने बताउनुभएको थियो । राजतन्त्रको बिषयलाई जनमत संग्रहमा लैजानसके जनताको साथ पाइने राप्रपा नेपालको बिष्लेषण छ । शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने तथा संबिधान पनि नबन्ने अबस्थामा आम जनता राजतन्त्रप्रति आकर्षित हुने आकंलनका साथ जनमतसंग्रहका लागी आवाज उठाउन सजिलो हुने उसको तर्क छ । तीन दलले एकताकालागि ७ बुंदे प्रस्ताव समेत तयार पारेका छन ।

ति मध्ये ६ वटा बुंदामा सहमति भइसकेको । नया“ पार्टीको निर्देशक शिद्धान्तबारे सहमति हुनासाथ पुर्बपञ्चहरु एउटै दल बनेर अंघि आउनेछन । यो गठबन्धन तत्काल कुनै ठुलो शक्ति जस्तो नदेखिएपनि भबिष्यमा गणतन्त्रका लागी चुनौति बन्न सक्ने संभावना भने छ । पञ्चायतकालमा मुलुक लुटेर कमाएर अकुत सम्पति भएका पुर्ब पञ्चको साथमा ज्ञानेन्द्र मिसिएपछि त्यसले बिस्तारै प्रतिगमनको आधार तयार पार्नसक्नेतर्फ गणतन्त्रवादी शक्ति बेलैमा सचेत हुन जरुरी छ । केहि गरी मुलुकले स्थायित्व पाउन नसके ज्ञानेन्द्र र उनको परिवारसंग भएको अथाह सम्पति समेत खर्च गरेर शक्ति हत्याउन यो समुहले प्रयास गर्ने निश्चत छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]