दोहा कतारमा भएका विविध नेपाली समाचार गतिबिधी I दिपक पौडेल


YYY
जहाज दुर्घटनाका मृतकलाई क्षतिपूर्ति आयो

दीपक पौडेल ÷ दोहा - सन् २००९ को ३० जुनमा कतारको समुन्द्रमा भएको एक पानी जहाज दुर्घटनामा मृत्यु भएका १२ मध्ये ३ नेपालीका परिवारजनलाई क्षतिफर्ति प्राप्त भएको छ । मृतकहरु कार्यरत रहेको कम्पनीले गत बिहीबार ३ नोभेम्बरमा क्षतिपूर्ति रकम २ लाख कतारी रियालका दरले चेकमार्फत भुक्तान गरेको नेपाली दुतावासले जनाएको छ । पानीजहाज दुर्घटनामा ज्यान गुमाएका कटकुइया-१ बनियागाउँ बाँकेका अब्बास अहमद सई फेटा- ८ बाराका मेहदी हुसेन मियाँ र डिभर्ना-३ अर्घाखाँचीका मानिसंह खत्रीको परिवारजनलाई सो रकम प्राप्त भएको राजदुतले बताए । कतारको कानुन अनुसार कार्यस्थल दुर्घटना वा काममा रहेका बखत भएका दुर्घटनामा ब्लड मनीस्वरुप पिडित पक्षलाई सम्बन्धित कम्पनीले कतारी रियाल २ लाख क्षतिपुर्ति दिनुपर्ने प्रावधान रहेको छ ।

१२ मध्ये ८ नेपालीका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि यहाँको पुनरावेदन अदालतले सम्बन्धित कम्पनीलाई आदेश दिइसकेको छ । पुनरावेदनको आदेशलाई कार्यान्वयन गराउँदै ुक्यारिइङ कोर्टु फैसला कार्यान्वयी अदालत ले सो रकम दिलाएको हो । ु३ जनाका परिवारजनलाई सो रकम प्राप्त भयो अव ५ जनाको पनि छिट्टै प्राप्त हुनेछु राजधानीसंग कुराकानी गर्दै राजदुत डा। सुर्यनाथ मिश्रले भने- ुबाँकी ४ जनाको मुद्दाको फैसला हुन बाँकी छ छिट्टै हुने र क्षतिपुर्ति प्राप्त हुनेमा पुर्ण विश्वास छ । मृतकका परिवारजनलाई क्षतिपुर्ति रकमबाट केहि भएपनि राहत मिल्ने भएकोले यो प्रकृयामा सम्मानित अदालतबाट न्याय मिलेकोले खुसी लागेको छ ।

एकै प्रकृतिको भएपछि छुट्टाछुट्टै रुपमा मुद्दा चलान हुने हुँदा हाल ८ जनाको मुद्दाको फैसला भएको र बाँकी ४ जनाको मुद्दाको फैसला इद अल फित्रको विदापछि हुने अपेक्षा लिइएको राजदुतले बताए । कामदार कार्यरत कम्पनी र बिमा कम्पनीबीच क्षतिपूर्ति रकम कसले ब्यहोर्ने भन्ने आपसी विवादका कारण कानुनी झमेला उत्पन्न भएपछि सो प्रकृयाका लागि लामो समय लागेको हो । सो दुर्घटनाको एकमात्रै कारण सिपिङ कम्पनी र क्याप्टेनु रहेको भन्ने एक स्थानीय अदालतको ठहरपछि विमा कम्पनीले उदासिनता देखाएकोले क्षतिपुर्तिवारे अनिश्चितता छाएको थियो । जहाजका इन्डोनेशियन क्याप्टेनलाई ५ लाख रियाल जरिवाना र ६ बर्षको जेल सजाय दिइएको थियो ।

सो दुखद दुर्घटनामा परेका नेपाली युवाहरुमा छिस्ती-१ वाग्लुङ्गका लिलाराम पौडेल बगडा-६ महोत्तरीका शेषनाथ यादव जौलीपोखरी- ८ रोल्पाका जय वहादुर पुन मगर हापुर- २ दाङका शंकर विष्ट र हुप्सेकोट -८ नवलपरासीका घनश्याम सार्कीको क्षतिपुर्ति मुद्दामा फैसला भएको छ र क्षतिपुर्ति रकम छिट्टैप्राप्त हुने अपेक्षा गरिएको छ भने गुम्दी- ५ धादिङ्गका गंगा बहादुर गुरुङ गौराकोट-१ पाल्पाका तिलक बहादुर खम्चा कुर्घा- ३ पर्वतका ऋषि प्रसाद शर्मा पौडेल र सुगाभवानीपट्टी- ५ महोत्तरीका राजीव कुमार दत्तको फैसला हुन बाँकी रहेको छ ।

यसअघि नागरिक अदालतले सम्बन्धित कम्पनीलाई आदेश दिएकोमा सो कम्पनीले पुनरावेदनमा अपिल गरेको थियो । फैसलाविरुद्व सर्वोच्च अदालतमा अपिल गर्न सो कम्पनीलाई अदालतले ६० दिनको म्याद तोकेको थियो । अपिलका लागि जनही २५ हजारका दरले कम्पनीले सर्वोच्चमा धरौटी राख्नुपर्ने हुन्छ । फेरि यदि सो मुद्दा हारेको खण्डमा सम्बन्धित कम्पनीले सो २५ हजार धरौटी गुमाउनुका साथै क्षतिपुर्ति रकम पनि बुझाउनुपर्ने हुँदा सर्वोच्चमा अपिल गर्नका लागि कम्पनी हच्किएको थियो । सो म्यादपश्चात् कतारको ुक्यारिइङ कोर्टुले सो फैसला कार्यान्वयन गराउने गर्दछ ।

क्षतिपुर्ति रकमको २० प्रतिशत हिस्सा कानुनी प्रकृयामा लाग्ने शुल्कस्वरुप वकिललाई बुझाउनुपर्ने हुन्छ । क्षतिपुर्तिसम्बन्धि सो मामिलामा कतारी अधिवक्ता मोना अब्देल रहिमले वहस पैरवी गर्दै आएकी थिइन् । मृतकहरु अब्बास अहमद सई मेहदी हुसेन मियाँ र मानिसंह खत्रीको परिवारले वकिल खर्चस्वरुप २० प्रतिशत रकम र अख्तियारनामा तथा नाता प्रमाणीकरण शुल्क औसतमा १ सय ५० रियाल कटाएर बाँकी रकम प्राप्त गर्ने राजदुतले बताए । सो रकमको ड्राफ्ट दोहा दुतावासले परराष्ट्र मन्त्रालयमा पठाउने राजदुतले जनाए ।

सो पावर क्लिनिङ कम्पनीले १२ नेपालीका परिवारजनलाई क्षतिपूर्ति दिनुपर्ने फैसला कतारको नागरिक अदालत सिभिल कोर्टले गत २६ जनवरीमा सुनाएको थियो । क्षतिपुर्ति रकमको लागि दोहास्थित नेपाली दुतावासले सम्बन्धित स्थानीय कम्पनीविरुद्व कानुनी उपचारका लागि गत बर्ष अदालतमा मुद्दा दायर गरेको थियो ।

दोहादेखि १० नौटिकल दुरीमा ३० जुन २००९ को सवेरै जहाज दोहा केनलमा प्रवेश गर्दै गर्दा भएको दुर्घटनामा १२ नेपालीसहित ३० जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ भारतीय १ बंगलादेशी र १ इन्डोनेशियनको पनि मृत्यु भएको थियो । संयुक्त अरव इमिरेट्स युएई अवस्थित एक ब्यापारिक समुहको सो सप्लाई पानी जहाज दुर्घटना हुँदा त्यसमा चालकदलसहित ३५ जना सवार थिए । जहाजमा रहेका ३५ जनामध्ये २४ जना दोहास्थित एक पावर क्लिनिङ कम्पनीका कामदार थिए । जहाजमा सवार अन्य ब्यक्तिहरुमा ९ जना चालकदलका सदस्य र २ जना एक क्याटरिङ कम्पनीका कामदार थिए । सुतिरहेको अवस्थामा सो दुर्घटना भएकोले उनीहरु ज्यान जोगाउन असफल भएका थिए ।


नुवाकोट साँस्कृतिक साँझ २०११ सम्पन्न
प्रेम लामा÷दोहा- इल अल अधाको पावन अवसरमा नुवाकोट सेवा समाजले दोहाको चिडियाघरस्थित डि्रमपार्कमा आयोजना गरेको नुवाकोट साँस्कृतिक साँझ २०११ सफलरुपमा सम्पन्न भएको छ । हालै मात्र नुवाकोट विभिन्न जिल्लामा आएको बाढिपहिलोबाट पिडित भएकाहरुको सहयोगार्थ आयोजित सो साँस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीजनलाई भरपुर मनोराजन प्रदान गरेको थियो ।
नेपालवाट आएका ख्यातिप्राप्त कलाकारहरुको टोलीले इदको विदाको समयलाई मनोराजक बनाउन कार्यक्रममा उपस्थित दर्शहरुलाई गितसंगितको माध्यमले देशको यथेष्ट सम्झना दिलाउन सफल भएका थिए । नुवाकोट सेवा समाजका अध्यक्ष विजय माझीको सभापतित्वमा आयोजित सो कार्यक्रमलाई राजदुत डा। सुर्यनाथ मिश्रले उद्घाटन गरेका थिए ।


हाँस्यकलाकारमा शैलेन्द्र सिम्खडाले नेपालका राजनितिक तथा समसमायिक घटनाहरुलाई समेटेर जीवन्त हाँस्यब्यंग्य पस्किए । दर्शकहरुमाँझ ठट्यौली शैलीमा प्रस्तुत भएर दर्शकहरुलाई हँसाउन सफल सिम्खडाले देशको अब्यवस्थाको तितो यथार्थ पनि स्मरण गराए ।

चर्चित लोक खुमन अधिकारीले त्यो मन रुन्न होला र॥ स्याङ्गजाीलाई नभन जाली॥ कम्भर भाँच्ने पंचैवाजा॥जस्ता चर्चित लोक गीतहरु पस्केका थिए भने लोकगायिका जमुना रानाले आºनो चर्चित लोक गितहरु गाएर मनोराजन दिइन् । खुमन र जमुनाले लोकदोहोरी लालुपाते नुग्यो भुईतिर॥ मार्फत दर्शकलाई निकै मन्त्रमुग्ध वनाउन सफल भए । त्यसैगरी पपगायक सुगम पोखरेलले फेरी त्यो दिन सम्झना चाहन्न॥ मेरो एउटा साथी छ॥ तिमी मेरी मनको रानी॥ हाम्रो पाठशाला॥ जस्ता चर्चित गीतहरु गाएका थिए । गायिक रेश्मा सुनुवारले लाली चडी जोवन मेरा फुल्यो यसैपाली॥ झिम्काईदेउ परेली मनमा वज्छ मिठो मुरली॥ रिमिक्स तथा मै छुनी आई देउ॥ जस्ता चर्चित गीतले दर्शकहरुलाई नचाइन् ।

हिमाल सागरले पनि न तिमीले देख्यौ न मैले देखे… नाच तिमी अव मादलुको तालमा॥ तिमीले मेरो माया मारेपछि… लगायतका चर्चित गीतहरु प्रस्तुत गरेका थिए भने साथै मोडल तथा डान्स डाईरेक्टर शंकर विसीले ुसिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालामाु कलाकार सुजाता सिटौलासंग कम्मर मर्काए । नायिका नन्दिता केसीले चौवन्दी चोली अनि रातो घाघरमा स्टेज तताइन् । मौसममा चिसो अनुभव गर्न थालेका दर्शकलाई सुजाता सिटौलाले ुघुमाईदेउ मलाई वादलको माथिु बोलको गीतहरुमा हट डान्समार्फत क्षणभरलाई भएपनि तताइन् । भारतीय गायिक लिला कुडेशियाले पनि नेपाली गीत ुनविसे्रं तिमीलाई न पाए तिमीलाईु गाएर नेपाली दर्शकहरुलाई निकै उत्साहित बनाइन् । कार्यक्रम उद्घोषिका सरस्वती गिरीले प्रस्तुत गरेकाी थिइन् ।


रेड मुभिज एण्ड इन्टरटेन्टमेन्ट कतारका अध्यक्ष निराजन भण्डारीले कार्यक्रमका विविध प्रस्तुतीमाझ निकै राम्रो तालमेल मिलाएका थिए । संचारकर्मी भण्डारीले कतार आएका कलाकारहरुकावारेमा दर्शकलाई विविध जानकारी प्रस्तुत गरेका थिए । उनले दर्शकमाझ कार्यक्रमको औपचारिक सत्रलाई पनि प्रस्तुत गरे ।
कार्यक्रम उद्घाटन गर्दै राजदुत डा। मिश्रले पवित्र उद्देश्य निहित सो कार्यक्रम सफलताको कामना गरे । सो कार्यक्रममा राजदुतले कतारवासी नेपालीजन लगायत विश्वभरिका इस्लाम धर्माबलम्बीहरुमा पावन इल अल अधाको शुभकामना ब्यक्त गरेका छन् ।


ग्राहम माहेर अवार्डको घोषणा

दोहा- भोडाफोन कतारका दिवंगत प्रमुख कार्यकारी अधिकारी सिइओ ग्राहम माहेरको स्मरणमा स्थापित ुग्राहम माहेर वल्र्ड अफ डिफरेन्स अवार्डुको गत १ नोभेम्बरमा एक कार्यक्रमकाविच घोषणा गरिएको छ । १ लाख पाउण्ड धनराशीको सो पुरस्कार नेदरल्याण्डकी प्रुेडेरिक केलेनले जितेकी छन् । उनको ुमामा एलिसु नामको परोपकारीसंस्थालाई सो अवार्ड दिइएको हो ।

१० हजार पाउण्ड धनराशीको दोश्रो तथा तेस्रो अवार्ड प्राप्त गर्नेहरुमा क्रमशः अर्फान एड इन्टरनेशनल टुहुरा सहयोग संस्थाकी सु भान श्रेभन न्युजिल्याण्ड र अफिकिड्स निक इस्टकट युके रहेका छन् । प्रुेडेरिक केलेनले पेरु सु भान श्रेभनले युगाण्डा र निक इस्टकटले घानामा सो रकमबाट परोपकारी कार्य गर्ने बताएका छन् । सो अवार्डका लागि विश्वभरिका १६ राष्ट्रबाट २ सय ५६ वटा आवेदन आएका थिए ।
विश्वका धेरै जनताको जीवनस्पर्ष गर्ने विश्वब्यापी मानवीय तथा परोपकारी अभियानको शुरुवात सहित स्वर्गिय माहेरलाई उनको पहिलो स्मृति विसमा विशेष श्रद्वासुमन ब्यक्त गरिएको छ । मोहरको सम्मानमा गत ७ जुलाईमा ुग्राहम माहेर वल्र्ड अफ डिफरेन्स अवार्डु स्थापनाको घोषणा गरिएको थियो । न्युजिल्याण्डबाट १० बर्षअघि शुरु भएको ुवल्र्ड अफ डिफरेन्स प्रोग्रामु हाल विश्वका २१ राष्ट्रमा विस्तार भइसकेको द्धछ ।

स्वर्गिय माहेरकी पत्नी जेनी माहेर र भोडाफोन फाउण्डेसनका निर्देशक एन्ड्रयु डुन्नेटले ग्राण्ड हायातमा आयोजित एक पत्रकार सम्मेलनमा विजेताको घोषणा गरेका हुन् । सोही अवार्डको घोषणाका लागि अष्ट्रेलियाबाट माहेर दोहा आएकी थिइन् । ुजहाँ पनि भेटेजतिका सवैजनासंग घुलमिल हुनसक्ने अनौठो क्षमता थियोु माहेरले भनिन्- उनी भन्थे- सपना देख विश्वास गर र काम गर । उनले ग्राहमको भानवालाई उच्च सम्मान पुर् याएको र साकार पारेको भन्दै भोडाफोन कतारप्रति कृतज्ञता जनाएकी छन् ।


स्यासस ग्लोवल नेटवर्कमा पुर्ण केसी
दोहा- स्याङजा सहयोग समाज स्याससको एक विश्वब्यापी साजाल निर्माण गरिएको छ । सो साजालको नेतृत्व पुर्ण केसीले गरेका छन् । गैर आवासीय नेपाली संघको विश्वसम्मेलनका अवसरमा गत १४ अक्टुवरमा काठमाडौंमा आयोजित एक भेलाले केसीको अध्यक्षतामा एक स्याङजावासी साजाल गठन गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

स्याङजाका प्रवासीहरुमाझ आपसी सम्बन्ध राख्न र भावी योजना तर्जुमा गर्न गठित ५ सदस्यीय कार्यसमितिमा साउदी अरवबाट चोला पाठक जापानबाट नम्रता पाण्डे रसियाबाट डा। एक नारायण चापागाईँ युएईबाट लेखनाथ न्यौपाने सदस्य रहेका छन् भने नेपालबाट सदस्य पदमा कमल रेग्मी छन् । साजालको सल्लाहकार समितिमा डा। प्रद्युम्न राज पाण्डे जापान÷नेपाल चन्द्र बहादुर रोकाहा ंयुएई विल बहादुर गुरुङ कतार र राजु सैयद साउदी अरव रहेका छन् ।


शेर रेमिट र अलफरदान एक्सचेाज विच सम्झौता

दोहा- कतारको स्थापित एक्सचेाज कम्पनी अलफरदान एक्सचेाज कम्पनी एल।एल।सी। र नेपालमा नवस्थापित शेर रेमिट प्रा।लि। विचमा एक अनुबन्धन सम्झौता भएको छ । गत १ नोभेम्बरमा शेर रेमिट प्रालिका कम्पनी मेनेजर ताशी शेरचनद्वारा जारी एक प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
सो सम्झौता अनुसार अव कतारस्थित अलफरदान एक्सचेाजको रेमिटान्स सेवा ए एफ एक्स फास्ट रेमिटुका लागि नेपालको प्रमुख एजेन्ट पि्र_िन्सपल एजेन्टु शेर रेमिट बनेको छ । अलफरदान एक्सचेाजबाट एएफएक्स फास्ट रेमिट मार्फत पठाइएको रकम नेपालमा शेर रेमिटका मुलुकभरि फिँजिएका ९ सयभन्दा बढि एजेन्टहरु वा ुनविल बैंकु बाट प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।
दोहामा हालै एक समारोहका विच अल फरदान एक्सचेाज कम्पनी एल।एल।सी। का तर्फबाट अध्यक्ष फाहद अल फरदान र शेर रेमिट प्रा।लि।sा तर्फबाट प्रवन्ध निर्देशक आशिष शेरचनद्वारा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षरपश्चात अल फरदान एक्सचेाज कम्पनी एल।एल।सी। का अध्यक्ष फाहद अल फरदानले ए एफ एक्स फास्ट रेमिटका लागि नेपाललाई अत्यन्तै महत्वपुर्ण मुलुककारुपमा लिएको चर्चा गर्दै शेर रेमिटसंग सहकार्यको शुरुवात गर्न पाएकोमा प्रशन्नता ब्यक्त गरेका छन् ुशेर रेमिटसंगको हाम्रो सहकार्यले कतारमा रहनुभएका नेपालीजनका लागि पुर्ण सन्तुष्टि दिने गुणस्तरिय सेवा उपलब्ध गराउन सफल हुनेछ भन्ने हाम्रो विश्वास छु उनको भनाई उद्यृत गर्दै विज्ञप्तिमा भनिएको छ- ुयो सहकार्यमा हाम्रो सेवा समयसापेक्ष सुदृढ बनाउँदै लैजाने छौं ।

सम्झौतापश्चात शेर रेमिट प्रा।लि।sा प्रवन्ध निर्देशक आशिष शेरचनले अलफरदान जस्तो कतारको प्रतिष्ठित कम्पनीसंग सहकार्य गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गरेका छन् । ुअल फरदान जस्तो कतारको प्रतिष्ठित कम्पनीसंगको हाम्रो सहकार्यबाट पक्कै पनि नेपाल र नेपालीजनका लागि फाइदा पुग्नेछ भन्ने विश्वास लिएको छु उनको भनाई थियो- ुहाम्रो सेवालाई चुस्त दुरुस्त समयसापेक्ष र उपभोक्ताको भावना अनुकुल बनाउन प्रतिबद्व छौं ।

नेपालमा शेर रेमिटको आकर्षक शुरुवात र कतारमा निकै लामो समयदेखि स्थापित रहेको र सर्वप्रतिष्ठित अल फरदान एक्सचेाजका विचमा भएको यो सम्झौता भविश्यमा निकै फलदायी रहने हाम्रो पुर्ण विश्वासु विज्ञप्तिमा प्रतिविम्बित छ । ुनेपालमा विप्रेषण रेमिट्यान्स भित्राउने यो हाम्रो नविनतम प्रयासमा तपाईँहरुको साथ समर्थन र पुर्ण सहयोगको अपेक्षा गर्दछाँैु शेरचनले भनेकी छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]