माओवादी अन्तर्राष्ट्रिय व्यूरो प्रमुख कृष्णबहादुर महरा कतारम


YYY
पत्रकार तिलविक्रम थेबे - नेपाली जनप्रगतिशील मंच दोहा कतारको प्रतिनिधीले अन्तर्राष्ट्रिय व्यूरो प्रमुख तथा एकिकृत ने।s।पा।माओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महरासंग पार्टी कार्यालय पेरिस डाडामा भेटघाट गर् यो । होमनाथ शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पार्टीको अन्तर्राष्ट्रिय व्यूरो प्रमुख महरालाई जनप्रगतिशील मंच कतारको वारेमा जानकारी दिदै जनप्रगतिशील मंचको आसन्न दोस्रो अधिवेशनमा प्रमुख अतिथीको निम्ति अधिवेशन मूल आयोजक समिति संयोजक रकमध्वोज राईले लेखेको निमन्त्रणापत्र बुझाउदै अधिवेशनको प्रमुख अतिथिको लागि हार्दिक निमन्त्रणासमेत गरेको गर् यो ।

क्रान्तिकारी पत्रकार संघ तदर्थ समिति कतारका संयोजक पत्रकार तिलविक्रम थेबे यातायात मंच अध्यक्ष एवं अधिवेशन व्यवस्थापन समितिका रमेश भट्ट समाजसेवी छविलाल रेग्मी समेत रहेको सो प्रतिनिधिमण्डलले कतारमा कार्यरत् नेपाली कामदारहरुको वारेमा विस्तृत जानकारी गराउदै वर्तमान राजदुत डा। सुर्यनाथ मिश्रले कतारमा कार्य्ररत नेपालीहरुको हकहित र सुरक्षाको लागि उदाहरणीय काम गरिरेहको र नेपालीहरुलाई ठग्ने ठग दलालहरुलाई कारवाही गर्न नेपाल सरकारलाई सिफारिस गरि कसैद्धारा कोहीपनि नेपालीहरु ठगिइनु हुदैन भन्ने मान्यताका साथ आफ्नो कार्यकाल भरी निष्कलंक छवि बनाउन सफल वर्तमान राजदुतलाई अर्को एक कार्यकाल दिनुपर्छ भन्ने सम्पुर्ण कतारवासी नेपालीहरुको एकमत माग रहेको अवगत गराएको थियो ।


सो अवसरमा कतारमा कार्यरत् करीव ४ लाख नेपालीहरुको मागको सम्मान गर्दै वर्तमान राजदुतलाई अर्को एक कार्यकालको लागि प्रधानमन्त्रीलाई अवगत गराउदै ज्ञापन पत्र समेत बुझाई सकिएको तथा परराष्ट्रमन्त्रीलाई समेत अवगत गराई सकिएको अवस्थामा यो विषयमा तुरुन्त पहल गरिदिनको लागि पनि अनुरोध गरेका थिए । कतारमा नेपाली घरेलु कामदारको रुपमा जाने महिलाहरु अझैपनि सुरक्षित नभैरहेको प्रताडित महिलाहरु भागेर दुतावासमा आईरहेको अवस्थामा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने र महिला घरेलु कामदारहरुको पूर्ण सुरक्षा हकहितको प्रत्याभूति नभएसम्म महिला घरेलुकामदारहरुका लागि भिषा रोक्नुपर्ने कुरा समेत अनुरोध गरेका थिए ।

सो भेटका अवसरमा अन्तर्राष्ट्रिय व्युरो प्रमुख महराले प्रतिनिधीमण्डलका कुराहरुमाथि अत्यन्त चासो लिएर सम्वन्धित विषयहरुमा सघन जानकारी लिदै यी सवै विषयमा तुरुन्त पहलगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । अधिवेशन आयोजक समितिको निमन्त्रणाको लागि धन्यवाद दिदै उपयुक्त समयमा कतारमा आउने विषयमा अगि्रम जानकारी दिने कुरा बताउदै महराले अधिवेशन सम्पन्न गर्नको लागि एकढिक्का भएर जनप्रगतिशील मंच कतारका सम्पूर्ण साथीहरु लागि पर्न सुझाव समेत दिएका थिए ।
स्मरणरहोस् जनप्रगतिशील मंच दोहा कतारको दोस्रो अधिवेशन आगामी दिसम्बर ३० २०११ मा सम्पन्न हुनेभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]