“समय-चक्र” विमोचित


YYY


२०६९ फाल्गुन १२

धादिंङका श्रष्ट्राद्वारा नेपाली साहित्यको भण्डारमा एउटा राजनीतिक उपन्यास थपिएको छ । साहित्यकार तथा समाजसेवी श्री हरि सिमखडाद्वारा लिखित “समय-चक्र” एक समारोहबिच भू.पु प्रम तथा नेपाली काँग्रेशका वरिष्ठ नेता श्री शेरबहादुर देउवाद्वारा बिमोचन भयो । कृतिमाथि हरि अधिकारी, नवराज लम्साल, नबिनबन्धु पहाडी र महेश पौडेलले समिक्षा गर्नुभएको थियो । कार्यक्रमको संञ्चालन गीता कार्कीले गर्नु भएको थियो भने उक्त कार्यक्रमको सभापतित्व प्रा. डा. मोहन तिमिल्सिनाले गर्नुभयो । नेपाली काँग्रेशका पुर्व महामन्त्री विमलेन्द्र निधि केन्द्रिय सदस्यरू ज्ञानेद्रबहादुर कार्की, नरहरि आचार्य र नेपाली काँग्रेश धादिंङका सभापति रामनाथ अधिकारीले पनि कृतिमाथि आफ्नो मन्तव्य राख्नुभयो ।

सर्जक हरि अधिकारीले आफू राजनीतिक तथा ब्यवसायीक व्यतित्व भएपनि साहित्यमा विशेष रुचि भएको बताउनु भयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]